काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघको वडा अधिवेशन स्थगित भएको छ ।
राष्ट्रिय युवासंघले एक विज्ञप्तिमार्फत् सो जानकारी दिएको हो ।
‘यही माघ ८ गतेदेखि हुने युवासंघको वडा अधिवेशन कोभिड-१९का कारण अर्को सूचना जारी नहुन्जेल स्थगित भएको छ,’ युवसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
माघ ८ गते युवासंघले देशभरका वडामा एकसाथ वडाअधिवेशन गर्ने भएको थियो ।
