कांग्रेस जिल्ला अधिवेशन पुन: स्थगित

काठमाडौं ।  सत्तारुढ दल नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ ।  ओमिक्रोन भाइरस बढेपछि  कांग्रेसले अधिवेशन गर्न बाँकी  १६ जिल्ला अधिवेशन स्थगित गरेको हो । 

माघ १५ मा नहुने निश्चित भइसकेको जिल्ला अधिवेशनको नयाँ मिति तोक्न पनि कठिनाइ देखिएको छ ।

यसअघि गत पुस २७ गतेका लागि ती जिल्लामा अधिवेशन तोकिएको भएपनि राष्ट्रिय सभा निर्वाचनको कारण देखाउँदै माघ १५ गतेका लागि सारिएको थियो ।

कांग्रेसमा सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, सिन्धुपाल्चोक, रसुवा, कैलाली, बाँके र अछामको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.