पेट्रोलिय पदार्थको मूल्य वृद्धिविरुद्ध उत्रिएका आन्दोलनकारीद्वारा प्रधानमन्त्रीको पुत्ला दहन   

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध उत्रिएका विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । 

काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

 विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

पुत्ला जलाउनु अघि विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.