राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र लोसपाबीच गठबन्धन हुने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा नेकपा एमाले र लोसपाबीच गठबन्धन हुने भएको छ ।

देशभर पाँच दलीय गठबन्धनविरुद्ध एक्लै हिँडेको नेकपा एमाले र लोसपाबीच मधेश प्रदेशमा गठबन्धन हुन लागेको हो ।

राष्ट्रिय सभा चुनाव यही माघ  १२ गते हुँदै छ । 

आज जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर दुवै दलले गठबन्धनको घोषणा गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.