पल शाहले समिक्षामाथि शोषण गरेकै हुन्  त ?, समिक्षा किन लेख्छिन् बारम्बार साइबर क्राइममा पर्ने अभिव्यक्ति

काठमाडौं । पछिल्लो पुस्ताका स्टार पल शाह र गायिका समिक्षा अधिकारीको सम्बन्धको विषयलाई लिएर धेरै समाचारहरु सार्वजनिक रुपमा बाहिर आए ।

नायक पल शाह र समिक्षा अधिकारीको सम्बन्धलाई लिएर धेरैले अड्कल पनि लगाए । कि उनीहरु दुवै निश्चित समयमा विवाह गर्दैछन् ।

दुवैको विषयमा विभिन्न खालका टिप्पनीसहितका समाचार पनि बाहिरिए ।

पोखरामा हुँदा दुवैबीच सम्बन्ध रहेको र सम्बन्ध स्वीकार गर्न नसक्दा पलविरुद्ध समिक्षा काूननको दायरामा जाने कुराले फिल्मी क्षेत्र तरंगित भएको थियो ।

त्यसलगतै दुवै पक्षले एक साझा धारणा फेसबुकबाटै सार्वजनिक गर्दै बाहिर आएको हल्ला हल्लामात्रै भएको र आफूहरुबीचको सम्बन्ध राम्रो भएको बताएका थिए । त्यसपछि सेलाएको दुईबिचको सम्बन्ध वारे फेरि फेसबुकमा चर्चा बढेको छ । 

अहिले चर्चा बढ्नुको कारण अरु कोही नभएर गायिका समिक्षा नै हुन् । उनले लगातार आफ्नो फेसबुक वालमा पल वारे विभिन्न टिप्पनी र जानकारी धम्की शैलीमा राखेकी छन् । कानून त यो अपराधीक गतिविधिमा पर्छ । समिक्षाले यसरी फेसबुकमा अरुको विषयमा आफुलाई पोखिरहँदा साईबर क्राईम आकर्षण हुनसक्छ । यो समिक्षालाई पनि थाहै होला । तर पनि उनले पल शाहलाई चूनैती दिँदै वास्तविकता बाहिर ल्याउने भन्दै आफ्नो फेसबुकमा आफ्नो धारणा राखेकी छन् ।

केही समय अघि आफुले राखेको धारणाको स्क्रिनसट सेयर गर्दै उनले कसैको लय लयमा लागेर र फकाएको आधारमा कुरा मिलेको सम्बन्ध राम्रो भएको भन्दै धारणा राखेको र अहिले आएर आफुलाई सबै कुराको प्रष्ट भएको भन्दै वास्तविकता छिट्टै बाहिर ल्याउने भन्दै स्टाटस हालेकी छन् ।

उनले लेखेकी छन्, म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिए । अब समय आउँदैछ, यथार्थ खुलाउने छु ।

कतिले अभिनेता पलले समिक्षालाई शोषण गरेको भन्दै बजारमा हल्ला मच्चाएका छन् । अर्को तर्फ समिक्षा स्वयमले कहिले पल र आफ्नो करिअरमाथी आँच आउने गरि संचार माध्यमले समाचार बनाएको भन्दै धारणा राख्दै आएकी छन् । पुनः उनैले पलमाथीको वास्तविकता समयसँगै आउँदैछ भनेर पटक पटक हाल्नु काूननत अपराध हो । यसले अर्को पक्षलाई असर पारिरहेको हुन्छ ।

पछिल्लो समय समिक्षाले लगातार फेसबुकमा पलसँग सम्बन्धित रहेर स्टाटसहरु हाल्दै आएकी छन् । उनले यस विषयमा काूननी रुपमै वा दुबै जनाको सहकार्यमा छिट्ट समस्याको समाधान खोज्नु उपयुक्त हुनेछ । अन्यथा कानूनको फन्दामा समिक्षा पनि अछुताे नहोलिन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.