लमजुङमा चट्याङ लागेर पाँच भैंसी मरे
लमजुङको क्व्होलासोंथर गाउँपालिका–४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् ।

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् ।

चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेलामा चट्याङ खस्दा भैंसी मरेको किसान रुनबहादुर गुरुङले बताए ।

सोमबार साँझ करिब ५ बजे परेको चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उनले बताए । बाँकी भैंसी वीरबहादुर गुरुङ (इना) का हुन् । किसानको करिब ३ लाख ५० हजार रुपैयाँ नोक्सान भएको स्थानीय नौराज गुरुङले बताए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.