काठमाडौं । कैलालीको चिसापानी विवादमा परेका नेपाली सेनाका मेजर शाही बर्खास्त भएका छन् । सैनिक अनुशासन विपरीत काममा परेको हुनाले उनलाई सैनिक अदालतले बर्खास्त गरेको हो ।
सैनिक उच्च स्रोतका सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले गत पुस ३ गते मेजर शाहीलाई दोषी ठहर गर्दै सेवाबाट हटाउने निर्णय गरेको थियो ।
नेपाली सेनाका मेजरले मध्यपानको सेवन गरि मनपरि ढङगबाट मध्यरातमा होटलमा प्रवेश गरेका थिए । मध्यरातमा यसरी होटलमा प्रवेश गरेको होटल मालिकसंग विवाद बदेपछि प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
स्थानीयले गरेको कुटपिटमा परि घाइते परेका शाहीलाई उपचारका लागि अस्पताल लगिएको थियो । नियमविपरित काम गरेकाले शाहिलाई शैनिक अदालतले बर्खास्त गरेको हो ।