रुपन्देही । माओवादीका नेता कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी सरकारको आयु सकिँदै छ । नेकपा एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्न गठबन्धनको सरकार निर्माण गर्ने शर्तसहित लुम्बिनीमा माओवादी नेतृत्वको सरकार बनेको थियो ।
माओवादी नेतृत्वमा ८ महिना सरकार संचालन गरे पश्चात त्यसपछिको बाँकी अवधि कांग्रेस नेतृत्वको सरकार हुने सहमतिमा माओवादीले लुम्बिनी सरकारको नेत्वत पाएको थियो । सो अवधीको लागि एक महिना मात्र बाँकी छ ।
अहिलेसम्म सरकार संचालनमै समस्या रहेको कांग्रेसले दावी गरेको छ । माओवादी नेतृत्वले सरकार संचालन गर्न नजानेको र समयसिमा एक महिना मात्र बाँकी भएको हुँदा सहमति अनुसार कांग्रेस नेतृत्वमा सरकार बनाउन बाटो खुल्ला गर्नुपर्ने कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए
माओवादीले भने केन्द्रमा शेरबहादुर देउवाकै सरकार रहने हुँदा लुम्बिनीमा सजिलै सरकार नछोड्ने रणनीति लिएको छ । बरु सरकारलाई पुर्नविचार गरि सरकारमा कांग्रेसको मन्त्री बढाउने तर सरकार नछोड्ने अडानमा माओवादी रहेको छ ।
सरकार संचालन र सरकाले गरेका नियुक्तीहरुमा पनि एकलौटी भएको भन्दै कांग्रेस लुम्बिनी सरकारसँग असन्तुष्ट छ । सोही कारण पनि समयसिमाभित्रै सहमतिमा सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्नेमा कांग्रेस लागि परेका छन् ।
लुम्बिनी सरकार आलोचनामै अघि बढ्दै आईरहेको छ । गठबन्धनलाई भाग पुराउन ७ मन्त्रालयमा १७ मन्त्री माओवादी नेतृत्वको सरकारले पुराएको छ । मन्त्रालय फुटाउने, सचिवालय बढाउने, अनावश्यक कर्मचारी सरूवा गर्ने, अघिल्लो सरकारको बजेट तथा नियुक्ति खारेजीमै सरकार सीमित रहेको भन्दै माओवादी नेतृत्वको लुम्बिनी सरकार आलोचित छ ।