काठमाडौं । विश्वको नजर यतिखेर अमेरिका र चीनमाथी छ । अमेरिका र चीन व्यापार प्रतिस्पर्धादेखि शक्ति सन्तुलनमा आमुन्ने सामुन्ने छ । अमेरिकाले चीनलाई आफ्नो प्रभावमा पार्न कुनै कसुर बाँकी राख्न चाहँदैन । त्यसैले अमेरिकाले नेपालमा एमसीसी संचालन गरि चीनमाथी प्रभाव पार्न चाहन्छ ।
चीन भने एमसीसीको बहानामा नेपालमा अमेरिकाको कुनै पनि कार्यक्रम नहोस् भन्ने चाहन्छ । सोही कारण चीनले नेपाललाई एमसीसी घातक भएको भन्दै पास गर्न नहुने अनौपचारिक धारणाहरु राख्दै आएका छन् ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले एमसीसी पास गर्ने आशंकमा चीनले नेपालमाथी अघोषित नाकाबन्दीको छनक देखाएको छ । चीन–नेपाल नाकाबाट आयात भइरहेको सामाग्रीहरुमा रोक लगाउँदै चीनले नेपालमाथी अघोषित नाकाबन्दीको छनक देखाएको हो ।
कोरोना महामारीको शुरुवाती चरणमा समेत केही मात्रामा नाकाबाट सामान आयात भइरहेको अवस्थामा अहिलेको कोरोना महामारीको कारण देखाउँदै चीनले नेपालमा आयात ठप्प पारेको छ ।
अमेरिकाको एमसीसीको सट्टामा चीन नेपालमा बीआरआई अर्थात द बेल्ट एण्ड रोड इनिसियटिभ कार्यक्रम दिन चाहन्छ । नेपाललगायतका विकासोन्मुख साना देशहरुमा सो कार्यक्रमको परिकलपना गरि चीनले बीआरआई परियोजना अघि सारेको छ ।
१३ जनवरीमा प्रेस विज्ञप्तिमार्फत् चिनियाँ राजदूतावासका प्रवक्ताले महामारीका कारण देखाउँदै आयात ठप्प पारेको हो । नेपाल अहिले पनि कच्चा पदार्थ र अन्य केही सामाग्रीहरुमा चीनमाथी निर्भर रहँदै आएको छ ।