रेणु यादवको अभिव्यक्तिबारे प्रधानमन्त्रीको जवाफ माग्दै एमाले

काठमाडौ । भौतिक पूर्वाधार मन्त्री रेणु यादवले सिके राउतलाई गौर नरसंहारको संज्ञान दिँदै हत्या गर्ने खुलेआम अभिव्यक्ति दिएपछि यतिखेर सामाजिक सञ्जालदेखि आमसंचार मन्त्री यादवको तिब्र आलोचना शुरु भएको छ । 

मानव अधिकारवादी देखि राजनीतिक दलका नेता तथा कार्यकताले मन्त्री यादवको राजिनामा, बर्खास्त र कार्वाहको माग गरेका छन् । सोही क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले पनि सोही विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन् ।

संघीय मन्त्रीले नै खुलेआम हत्या गर्ने अभिव्यक्ति दिएपछि उनलाई आश्रय प्रधानमन्त्रीले दिएको भन्दै प्रधानमन्त्रीको जवाफ एमालेको नेताहरुले मागेका छन् ।

प्रधानमन्त्री गठबन्धनको बन्दी भएको बताउँदै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्रीले सो विषयमा जवाफ दिनुपर्ने बताएका छन् । २०६३ चैतमा भएको गौर राइसमिलको नरसंहारमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । घटनाअघि महिलालाई बलात्कार गरिएको थियो । हालको जसपाका अध्यक्ष उपेन्द्र यादवको तत्कालीन पार्टी मधेसी जनअधिकार फोरमले उक्त घटना गराएको थियो ।

रेणु यादवले बुधवार गौरमा आयोजित कार्यक्रममा सो नरसंहारलाई गौरवका रुपमा वर्णन गर्दै आफूहरुसँग टकरावमा आउने सिके राउत र उनका कार्यकर्ताको हालत त्यस्तै बनाइदिने चेतावनी दिएकी थिइन् ।

यस्तै एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव योगेश भट्टराईले पनि प्रधानमन्त्रीको जवलाफ माग गर्दै हिंसा मच्चाउने अभिव्यक्ति दिने रेणु यादवलाई मन्त्रीबाट बर्खास्त नगरे प्रधानमन्त्री र कांग्रेस हिंसाको पक्षमा रहेको र रेणु यादवहरुलाई प्रशय दिइरहेको पुष्टि हुने बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.