काठमाडौं । बाजुरा सदरमुकाममा सञ्चालन हुँदैआएको त्रिवेणी साना जलविद्युत् केन्द्र नेपाल विधुत प्राधिकरणले फिर्ता लिने भएको छ । प्राधिकरण र त्रिवेणी सहकारी संस्थाबीचको २० वर्षका लागि समझौता भएको थियो । तर अहिले आएर सम्झौता खारेज गर्ने रआफ्नै स्वामित्वमार्फत सञ्चालन गर्ने सहमति भएपछि नेपाल विधुत प्राधिकरणले यस्तो जनाएको हो ।
जिल्ला सदरमुकाममा आपूर्तीमा समस्या आएपछि स्थानीयवासीहरुले पटकपटक आन्दोलन गर्दै आएका छन । यस्ता समस्याको हल गर्नका लागि विधुत राष्ट्रिय प्रसारण लाइन जडान गर्ने गरी तीन महिनाका लागि समझौता रद्ध गर्ने सहमती भएको विधुत वितरण केन्द्रका प्रमुख ललितकुमारको भनाइ छ ।
प्राधिकरणले तीन महिनाभित्र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थासँगको सम्झौता खारेज गर्ने भएको छ । समझौता खारेज गरेपश्चात आफ्नै स्वामित्वमा लिने पत्र जिल्ला वितरण कार्यालयलाई पठाएको जानकारी मण्डलले दिए ।
७४५ ग्राहकलाई सेवा दिने सर्तसहित मार्तडी साना जलविधुत केन्द्र सञ्चालनको जिम्मा त्रिवेणी लिएको थियो ।
सहकारीसँग हाल दुई हजार १०० बढी विधुत सेवा लिने ग्राहक छन् । जुन वि .स २०६६ मा विसं २०६६ मा सञ्चालनको स्वामित्व लिएको थियो । दैनिक ८०० किलोवाट क्षमताभन्दा बढीको विद्युत खपतको मात्रा भए पनि हाल सहकारीले २०० किलोवाट क्षमताको मात्र
विधुत वितरण गरिरहेको छ ।