३६ यात्रुमा कोभिड देखिएपछि किरीबाटीमा लकडाउन

एजेन्सी ।  टापु राष्ट्र किरीबाटीमा महामारी सुरु भएपछि पहिलो पटक लकडाउन घोषणा गरिएको छ । पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुमा कोभिड देखिएपछि लकडाउन घोषणा गरिएको हो ।

फिजीबाट किरीकबाटीका लागि उडेको विमानका ३६ यात्रुमा कोभिड देखिएको थियो ।

यसअघि चार जनामा भाइरस देखिएको थियो । गत साता मात्र किरीबाटीमा दुई जनामा कोभिड देखिएको थियो । 

किरीबाटी विश्वकै सबैभन्दा एक्लो टापुमध्यको एक हो । किरीबाट नजिकको महादेश अस्ट्रेलियासम्मको दूरी चार हजार ८०० किलोमिटर टाढा छ । सन् २०२० को जनगणना अनुसार यहाँको जनसंख्या १ लाख १९ हजार छ । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.