काठमाडौं । विराटनगरमा एक महिलामाथि सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ परेका छन् ।
विराटनगर प्रहरीका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका-४ की ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार गर्नेमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको हो।
तर, घटना संलग्न मुख्य अभियुक्त रामबहादुर नेपाली र अर्का एकजना फरार छन् ।
काम सकेर साँझमा उनी गछियास्थित बहिनीको घर फर्कदै थिइन् । उनी इटहरीबाट बस चढेर शुक्रबार साँझ करिब ६ बजे गछियासम्म पुगिन् । तर बहिनीको घरसम्म पुग्ने बाटो बर्सिँदा उनी र नेपालीबीच दोहोरो कुराकानी भएको थियो ।
सोसँगै नेपालीले बहिनीको घरसम्म पुर्याइदिने भन्दै प्रदेश २-०१-००१ च २२७ नम्बरको गाडीमा चढाएर सुन्दरहरैचा-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगेका थिए ।
उनी त्यहीँ बलात्कृत भएकी थिइन् ।