ज्यान लिने धम्की दिने मन्त्रीलाई बर्खास्त गरी पक्राउ गर्न राष्ट्रिय युवासंघको माग  (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले २०६३ चैत-७ गतेको गौर नरसंहारको जिम्मा लिने र थप हिंसात्मक गतिविधि गर्ने अभिव्यक्ति दिने संघीय मन्त्री रेणुकुमारी यादवलाई मन्त्री पदबाट तत्काल बर्खास्त गरी पक्राउ गर्न माग गरेको छ।

युवासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग सो माग गरेको हो ।

केही दिनअघि मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको ज्यान लिने धम्की दिएकी थिइन् । 

तर, सरकारले आइतबार मन्त्री यादवको भनाइ सरकारको नोटिसमा रहेको भनी अभिव्यक्ति  दिएको छ। 

मन्त्री यादवको भनाइप्रति चौतर्फी विरोध भइरहेको छ ।

youthg.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.