हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडाैं । चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । आफुलाई कोरोना संक्रमण भएको गजुरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनलेले सामाजिक सञ्जालमा लेखेका छन्  ‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिनेचाहि हैन, तर थलाचाहि राम्रैसँग पार्दोरहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन ।’

उनले कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनबाट होम आइसोलेसनमा बसेकाहरुकाे स्वास्थ्य लाभको कामना गरेका छन् ।

गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनी केही समय अस्पताल बसेर डिस्चार्ज भएका थिए ।
 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.