काठमाडाैं । चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुससम्ममा भारतबाट करिब दुई अर्ब बराबरको प्याज नेपाल भित्रिएको भन्सार विभागले जानकारी दिएकाे छ ।
यो अवधिमा भारतबाट ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको हो र यसबापत आयातकर्ताले २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ ।
हरेक वर्ष नेपालले भारतबाट प्याजसहित आलु, लसुन, अदुवा, गोलभेँडा लगायतका दैनिक उपभोग्य वस्तु समेत ठूलो परिमाणमा आयात गर्दै आइरहेको छ ।