‘कांग्रेसले संविधानसँग बाँझिएका कानुन संशोधन गरेर निर्वाचनको मिति तोक्छ’  

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानसँग बाझिएका कानुन संशोधन गरेर मात्र सरकारले चुनाव निर्वाचनको मिति तोक्ने बताएका छन् । 

गठबन्धन सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाउँदै नेकपा एमालेले सरकारमा आबद्ध दल निर्वाचनबाट भागेको आरोप लगाएको भोलिपल्ट सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति खड्काले सो बताएका हुन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार सरकारले कुनै पनि काम नगरेको आरोप लगाएको छ । सरकारसँग चाँडै निर्वाचनको मिति तोक्न माग गरेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.