थप १० हजार  तीन सय ११ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप १० हजार  तीन सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कुल २१ हजार दुईसय नमुना परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब ७ रहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.