मधेसी संस्कृति बोकेका पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण भू–भाग मधेस हो : ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले मधेसी संस्कृति बोकेका पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण भू–भाग मधेस भएको बताएका छन् ।

सोमबार जनकपुरधाममा लोसपाले आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेलालाई संबोधन गर्ने क्रममा उनले प्रदेश-२को नाम मधेश प्रदेश रहेकोमा खुसी व्यक्त गरेका हुन् ।

उनले भने, ‘मधेस ८ जिल्लामा मात्रै सीमित रहेको भनेर बुझ्नु हुँदैन, ‘पूर्वदेखि पश्चिमसम्म मधेसी संस्कृति र जीवन पद्धति बोकेको सबै क्षेत्र मधेस हो । तर एक राज्यको रूपमा तपाईंहरूले मान्यता प्राप्त गर्नुभएको हो ।’

प्रदेश-२को नाम मधेश भएपछि आफू खुसी भएको बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.