काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भोलिदेखि खोप अभियान कार्यक्रम सुरु हुने भएको छ ।
अस्पतालका सबै कर्मचारी बिरामी भएपछि रोकिएको खोप कार्यक्रम काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएपछि पुन: खोप कार्यक्रम सुरु हुने भएको हो ।
सो जानकारी सोमबार अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।
अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएका छन् ।