काठमाडौं । पोखरा विश्वविद्यालयले माघ समान्तसम्मका लागि सबै पूर्वनिर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।
पियूले सोमबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
‘कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै यस विश्वविद्यालयअन्तर्गत माघ मसान्तसम्म सञ्चालन हुने पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशन नभइन्जेलसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ,’जारी सूचनामा भनिएको छ।