काठमाडौं । सर्वोच्च अदालतले सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध गराउन सरकारका नाममा अल्पकालीन आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो ।
टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।