२१ बुँदे स्वास्थ्य मापदण्ड सहित राष्ट्रिय सभाको निर्वाचन आज

काठमाडौं । बुधबार हुने भनि मिती तोकिएको  राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । १९ सिटका लागि
 सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा मतदान हुँदैछ  । 

 

  मतदान गर्नु पुर्व मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएका कामहरु सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान स्थलमा बुथ निर्माणको काम, मतदान अधिकृत खटाउने लगायतका काम सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले भने‘, ‘निर्वाचनको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ ।  मतदानको समय भने बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान रहने छ ।’


 निर्वाचन आयोगले २१ बुँदे स्वास्थ्य मापदण्डहरू तय गरेर निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको छ   । सरकार र सीसीएमसीले तयार गरेको स्वास्थ्य मापदण्डका आधारमा आयोगले स्वास्थ्य मापदण्डहरू तयार गरेको हो  ।  स्वास्थ्य मापदण्डहररुको  पूर्ण रूपमा पालना गरेर मतदान गर्ने  भएको  आयोगका प्रवक्ता शर्माले बताए । 


निर्वाचन सुरक्षाका लागि भने  सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको  उनले बताए । सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयले  जिल्ला प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था मिलाउनका लागि अनुरोध गरेको छ  ।

जिल्ला निर्वाचन अधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका सम्पूर्ण पदाधिकारीहरू भएर आवश्यकता अनुसार निर्वाचन सुरक्षा बैठक बसेर सुरक्षाको सबै व्यावस्थापन   मिलाइएको छ ।

 यसैगरी  फागुन २० गते राष्ट्रिय सभाका १९ सांसदको पदावधि समाप्त हुनेभएको छ  । सो रिक्त स्थानमा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र काँग्रेसका ३ सांसद रहेका छ । सो रिक्त रहेको स्थानमा प्रदेश १ बाट ३, प्रदेश नम्बर २ बाट २ , बागमती प्रदेशबाट २, गण्डकीबाट ३, लुम्बिनीबाट ३, कर्णालीबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ गरी १९ सांसद निर्वाचित हुन लागेका हुन् । 


  आयोगले निर्वाचनका लागि ७ प्रदेशमा ८ मतदान स्थल तय गरेको छ ।  प्रदेश नम्बर १ मा निर्वाचन कार्यालय विराटनगर र बाली संरक्षण प्रयोगशाला विराटनगर, प्रदेश नम्बर २ मा महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान स्थल तय गरिएको छ ।

 बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह,  गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशमा दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्र भवनमा कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेतको भवनमा र सुदूरपश्चिम प्रदेशमा धनगढीमा रहेको प्रदेश सभा भवनमा मतदानस्थल कायम गरिएको छ । 


निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि व्यवस्था मिलाइएको छ भने आज  साँझदेखि मतगणनाको काम हुने जनाइएको छ । ।  यसै गरि ‘दिउँसो ३ बजे निर्वाचन सम्पन्न भइसकेपछि मतपेटिकाहरू बन्द गरेपछि सर्वदलीय बैठक हुने शर्माले बताए  । 

राष्ट्रिय सभाको निर्वाचनमा १९ सिटका लागि ९ दलका ४३ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार भने क्रमश १ भोट बराबर ४८ र  १८ रहेको छ । 

 

 

 

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.