चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु
अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ ।

बेजिङ
एजेन्सी । चीनको शक्तिशाली भूकम्पमा परी दुई जनाको ज्यान गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । बिहीबार बिहान गएको सो भूकम्पको गहिराई १० किलोमिटर छ ।अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ ।

भूकम्पबाट चोङकिङ सहरदेखि दक्षिणपश्चिमको क्षेत्र प्रभावित भएको जनाइएको छ । सो क्षेत्रमा केही संरचना भत्किएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.