काठमाडौं । धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।
राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो ।
उक्त झडपको नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।
अहिले मतदान स्थलमा प्रर्दशनकारी तितरवितरमा परेका भने उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्ने नाराका साथ जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । त्यसपछि प्रहरीले नारा स्थगित गर्न अनुरोध गर्दा प्रहरीसंग झडप भएको छ ।
अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका थिए ।