काठमाडाैं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण भएको छ।
वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश दाहालले जानकारी दिएका छन् ।
हरिशले सामाजिक सञ्जालमा लेखेका छन् , ‘हामीहरूको घर पनि कोरोना पीडित भएको अवस्था हो ,बाबा–आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ।’