सप्तरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

काठमाडाैं ।  ट्रकको ठक्करबाट सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका–५ गङ्गाजली खोलानजिक आज दुर्घटना हुँदा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो ।


घरबाट बलार्दह जाँदै गरेका चौधरी चढेको  स १० प ४६३५ नंको मोटरसाइकललाई बलार्दह चोकबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ३ ख ९९३२ नंको ट्रकले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले  जनाएको छ ।


शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार छन् । 

उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.