काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
मंगलबार राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा कायम गरेको छ।
युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ७६ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा पुगेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ०७ पैसा पुगेको छ। यसको बिक्रीदर ८५ रुपैयाँ ५० पैसा पुगेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा पुगेको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार मंगलबार कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ ७० पैसा पुगेको छ भने यसको बिक्रीदर ३९५ रुपैयाँ ६९ पैसामा कारोबार भइरहेको छ।