वडा कार्यालयले वितरण गर्‍यो विद्यालयलाई मास्क र सेनिटाइजर
रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडा कार्यालयले विद्यालयलाई मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडा कार्यालयले विद्यालयलाई मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।

कोभिड–१९ को महामारीका कारण लामो समयदेखि ठप्प भएर पठन–पाठन शुरु भएपछि वडा कार्यालयले वडाभित्रका एक मावि, एक आधारभूत र तीन प्राविलाई मास्क, सेनिटाइज र सेनिटरी प्याड वितरण गरेको हो । वडाको बजेटबाट छात्ररछात्राले पाउनेगरी विद्यालयलाई बुधबार स्वास्थ्य सामग्री वितरण गरिएको बाम्राङका वडाध्यक्ष ललितकुमार राईले बताए ।

माबिलाई २ सय थान मास्क र ५ सय एमएलको दुई थान सेनिटाइजर, आधारभूत विद्यालयलाई डेढ सय मास्क र ५ सय एमएलको दुई थान सेनिटाइजर तथा प्राविलाई ५०÷५० थान मास्क, ३÷३ थान सेनिटाइजर वितरण गरिएको छ ।

यस्तै, छात्राको संख्याका आधारमा सेनिटरी प्याड वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

संक्रमणबाट जोगिनका लागि छात्रारछात्रलाई नियमित मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्नरगराउनका लागि स्वास्थ्य सामग्री वितरण गरिएको वडाध्यक्ष राईले बताए । ‘गाउँघरमा सबैले मास्क लगाउँदैनन् । मास्न नलगाएपछि संक्रमण फैलिने त्रास हुन्छ,’ वडाध्यक्ष राईले भने, ‘सवैले अनिवार्य मास्क लगाउनु पर्छ । छैन भने किनेर भए पनि लगाउनु पर्छ भनेर प्रोत्साहन स्वरुप वितरण गरिएको हो ।’

१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २७ भदौबाट विद्यालयमा भौतिक उपस्थितिमै पठन–पाठन सुचारु गराइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.