भारतको गणतन्त्र दिवसबारे केही रोचक तथ्य

एजेन्सी ।  आज भारतका लागि विशेष दिन हो । आज भारतले विभिन्न कार्यक्रसाथ आफ्नो ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । कोभिडका कारण यस वर्षको गणतन्त्र दिवसमा विदेशी आगन्तुक सहभागी भएका छैनन् । प्रस्तुत छ गणतन्त्र दिवसबारे केही रोचक तथ्यः

–भारतमा सन् १९५० देखि सन् १९५४ मा गणतन्त्र दिवसको परेड इरविन रंगशाला (अहिलेको राष्ट्रिय रंगशाला) मा मनाइन्थ्यो ।

–सन् १९५५ देखि भने गणतन्त्र दिवस राजपथमा मनाउदै आएको छ । कुनै बेला दरबारमार्गसमेत भनिने राजपथ भारतका तत्कालिन सम्राट जर्ज पाँचौको सम्झनामा राखिएको हो । भारत स्वतन्त्र भएपछि मात्र त्यसको नाम राजपथ राखिएको थियो । 

–हरेक गणतन्त्र दिवसमा विदेशका राष्ट्रप्रमुख वा सरकार प्रमुुख अतिथिको रुपमा सहभागी हुने परम्परा छ । सन् १९५० मा पहिलो गणतन्त्र दिवसमा इन्डोनेसियाका राष्ट्रपति सुकार्नो प्रमुख अतिथि थिए । सन् १९५१ मा दोस्रो गणतन्त्र दिवसमा नेपालका राज त्रिभुवन वीर विक्रम शाह देव प्रमुख अतिथि थिए । तर, कोभिड महामारीका कारण यस वर्षको गणतन्त्र दिवसमा कुनै विदेशी अतिथिलाई बोलाइएको छैन् । यसअघि पनि कोभिडकै कारण सन् २०१९ र सन् २०२० का गणतन्त्र दिवसमा पनि विदेशी अतिथि बोलाइएको थिएन् । 

–राजपथमा राष्ट्रपतिको आगमनसँगै परेड सुरु हुन्छ । राष्ट्रपति भवनदेखि इन्डिया गेट हुँदै रेड फोर्टसम्म परेड हुन्छ । त्यसपछि राष्ट्रपतिले झन्डोत्तलन गर्छन् । राष्ट्रिय गानपछि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइन्छ ।
 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.