सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेसका नारायण मिश्र उम्मेदारका रुपमा रहेको थिए । तीनै जना विजयी भएका हुन् । 

नेकपा एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित गर्दै गठबन्धनका उम्मेदुवारहरु निर्वाचित भएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.