राष्ट्रिय सभाको निर्वाचनः कर्णालीमा ९८.९५ प्रतिशत मत खस्याे

सुर्खेत ।  कर्णाली प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा ९८.९५ प्रतिशत मत खसेको छ । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट ९८.९५ प्रतिशत मत खसेको हो । 

कर्णालीमा रहेका एक सय ९१ मतदातामध्ये एक सय ८९ जनाले मतदान गरेका छन् भने दुई जना अनुस्थित भएका छन् । 
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य एक जना र एक जना पालिकाका उपप्रमुख मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी निर्मला रेग्मीले बताइन् । ‘स्थानीय तहअन्तर्गत ९९।३५ प्रतिशत मत खसेको छ,’ उनले भनिन्, ‘प्रदेशसभा अन्तर्गत ९७.१४ प्रतिशत मत खसेको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्य सोशिला शाहीले मतदान गरिनन् भने कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दुई वर्षदेखि अमेरिका रहेका कारणले अनुस्थित रहेकी थिइन् । 
 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.