काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी उम्मेद्वार निर्वाचित भएकी छन् ।
बुधबार भएको मतगणना अनुसार राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी हुन् ।
गैरेले एमालेकी भारती खनाल उपाध्यायलाई पराजित गरेकी थिइन् । उनले प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत प्राप्त गरेकी छिन ।