काठमाडौं । अब संघबाट समायोजन भएर स्थानीय तह गएका कर्मचारी पुन: संघमा फर्किन नपाउने भएका छन् ।
बुधबार सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारी संघीय निजामती सेवामा फर्कन नमिल्ने फैसला गरेसँगै उनीहरु संघमा फर्किनबाट वञ्चित हुने भएका हुन् ।
सर्वोच्चले लोक सेवा आयोगको परीक्षा दिएर बसेका परीक्षार्थीको नतिजा रोकिएको विषयमा भने बाटो खुलाइदिएको छ ।
सर्वोच्च अदालतको आदेश अनुसार अब लोकसेवा आयोगले नतिजाको पर्खाइमा रहेका परीक्षार्थीहरुको नतिजा प्रकाशित गर्नुपर्नेछ भने बाँकी परीक्षार्थीहरुको लिखित परीक्षा लिनुपर्नेछ ।