काठमाडौं । राष्ट्रिय सभा निर्वाचनामा नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।
गठबन्धनको ‘क्लिनस्वीप’ राेक्दै प्रदेश १ मा एमालेका शेर्पा विजयी भएका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ ।
शेर्पाले ४७३४ मत भारसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी हेमराज राई पराजित बनेका छन् ।
राईले ४ हजार ३ सय ६८ मतभार प्राप्त गरे । जसपाका नेता राईलाई गठबन्धनले अगाडि सारेको थियो ।
उनी अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बनेका थिए ।