काठमाडौं । मोरङको बेलबारी नगरपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
बुधबार राति साढे ११ बजे सामान्य विवादमा बुबाको हत्या गरेको आरोप जयबहादुरमाथि लागेको छ ।
बुधबार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुबाको घाँटी थिचेर हत्या गरेको आरोप छ ।
घटनाबारे छानबिन भइरहेको प्रहरीले बताएको छ ।