काठमाडौं । स्थानीय तहको निर्वाचनको विषयमा निर्वाचन आयोगले यथाशक्य निर्वाचको मिति तोक्न सरकारलाई आग्रह गरेर विज्ञप्ति जारी गरेपछि प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका पदाधिकारीहरु बालुवाटारमा छलफल गर्ने भएका छन् ।
कांग्रेसले स्थानीय तहको निर्वाचनको मिति नै तोक्ने गरि पदाधिकारीबीच छलफल गर्न लागको हो । साथै केन्द्रीय समितिसँगपनि भर्चुअल माध्यमबाट बैठक हुने कांग्रेसका प्रवक्ता गगन थापाले बताएका छन् ।
राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषय, राष्ट्रियसभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनको बारे छलफल हुने बताइएको छ ।
सकेसम्म कांग्रेस बैठकले निर्वाचनको प्रस्तावित मिति तय गर्नेछ । त्यस लगतै निर्वाचन आयोगका पदाधिघकारीहरुसँग पनि प्रधानमन्त्रीले आजै छलफल गर्ने बताईएको छ । बैठक दिउँसो २ बजेलाई बोलाइएपनि प्राविधिक कारणले साँझ ४ बजेमात्रै शुरु हुने प्रवक्ता थापाले बताएका छन् ।