थप आठ हजार १७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप आठ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५ जनाको मृत्‍यु भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.