काठमाडौं उपत्यकामा कति संक्रमित थप भए ?

काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड संक्रमितको संख्या तीन हजार एक सय ४३ पुगेको छ ।

मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर आज ८८ हजार ६४२ जना होम आइसोलेसनमा र १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा, २५७ जना आइसियूमा ४९ जना भेन्टिलेटरमा छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.