काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।
बिहीबार देशका विभिन्न स्थानमा उल्लेखित संख्यामा मृत फेला परेका हुन् ।
को, कहाँ मृत फेला परे ?
प्रहरीका अनुसार काठमाडौं, शंखरापुर नगरपालिका-३ बोझेनी बस्ने ५२ वर्षीय पदम बहादुर थिङ र उनकै श्रीमती ४५ वर्षीया फुल मायाँ थिङ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी, सिन्धुली, सुनकोशी गाउँपालिका-३ झागाझोलीस्थित सुनकोशी नदीको बीच भागमा नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै,ओखलढुङगा, लिखु गाउँपालिका-४ मोसाबारीस्थित निर्माणाधीन सामुदायिक अस्पातलमा लेबर काम गर्ने दैलेख नोमुले गाउँपालिका–३ घर भएका ३१ वर्षीय मन बहादुर विक मोसाबारीस्थित बाटोनजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
धनकुटा, सागुरीगढी गाउँपालिका-३ इनामे बस्ने ६० वर्षीय डिल्लीश्वर कुरुमवाङ लिम्बू सोही गाउँपालिका-३ बरबोटेस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।