कांग्रेस सभापतिद्वारा केन्द्रीय कार्यसमिति गठनको खाका तयार, के छ विधानमा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति गठनको खाका तयार पारेका छन् । 

सभापति शेरबहादुर देउवाले  कांग्रेस विधानबमोजिम केन्द्रीय कार्यसमिति गठनका लागि खाका तयार पारेका हुन् ।

कांग्रेस विधानमा केन्द्रीय कार्यसमिति गठनसम्बन्धी व्यवस्था छ ।

कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सह-महामन्त्री पदेन सदस्यका रूपमा रहने व्यवस्था छ ।

त्यस्तै, केन्द्रीय सदस्यहरूमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी ३१ जना कार्यसम्पादन समितिमा रहनेछन् ।

त्यसबाहेक केन्द्रीय कार्यसमितिको प्रवक्ता पनि स्वतः कार्यसम्पादन समितिको सदस्य रहनेछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.