काठमाडौं । सत्ता गठबन्धनले भोलि गठबन्धनको बैठक बोलाउने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भएको छलफलले भोलि पाँच दलीय गठबन्धनको छलफल बोलाउने सहमति भएको हो ।
बैठक केही बेरअघि बालुवाटारमा बसेको थियो । भोलि बस्ने गठबन्धनको बैठक मूलत: स्थानीय तहको निर्वाचन केन्द्रित हुने बताइएको छ ।