काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि एसियाबाट इरान चयन भएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा कट्टर प्रतिद्धन्दी इराकलाई १–० ले पराजित गर्दै इरान विश्वकपमा सहभागी हुने मुलुक बनेको छ ।
मेहदी तारेमीले ४८ औँ मिनेटमा गरेको गोल नै इरानको विश्वकप यात्रा निश्चित गर्न निर्णायक बन्यो ।
समूह ‘ए’ मा रहेको इरानले सात खेलबाट १९ अंक बनाएको छ । समूहमा शीर्ष स्थानमा रहँदै इरान विश्वकपमा छनोट भएको हो ।