समाजवादी र माओवादीलाई बस्नेतको सुझाव : कांग्रेससँग पार्टी एकीकरण गर्नूस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा माओवादी र एकीकृत समाजवादीलाई नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न सुझाव दिएका छन् ।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनलाई संबोधन गर्ने क्रममा बस्नेतले माओवादी र एकीकृत समाजवादीलाई बस्नेतलाई यस्तो बताएका हुन् ।

‘देशमा अब च्याँखे थाप्ने दलको काम छैन, यसले विकास र समृद्धि रोकिन्छ’ नेता बस्नेतले भने, ‘ठूला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्ने यस्ता दललाई जनताले पनि साथ दिन हुन्न ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.