काठमाडौं । पछिल्लो साता नेप्से परिसूचक ५ प्रतिशतले घटेको छ ।
अघिल्लो साता २९३१.३४ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.१६ प्रतिशत अर्थात १५१.३६ अंक घटेर २७७९.९८ विन्दुमा झरेको छ।
त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स २५.०२ अंक घटेर ५१८.७२ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स ११.४० अंक घटेर १९०.९२ विन्दुमा झरेको छ।
यस साता सेन्सेटिभ फ्लोट इण्डेक्स ९.५८ अंक घटेर १६७.७६ विन्दुमा झरेको छ।