निर्वाचनको मिति तोक्न दबाब दिन आन्दोलनको तयारी गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले आन्दोलनको तयारी गरेको छ ।

सत्तारुढ गठबन्धनले स्थानीय तहको मिति नतोक्ने संभावना बढेपछि निर्वाचनको मिति तोक्न दबाबका लागि नेकपा एमाले आन्दोलनको तयारी गरेको हो ।

आन्दोलनको तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आन्दोलनको तयारीको विषयमा छलफल हुने छ।

केही बेरअघि स्थानीय तहको निर्वाचनको मिति तयका लागि बसेको गठबननको बैठकमा निर्वाचनबारे सहमति हुन नसकेछि आजै अर्को बैंठक बोलाइएको छ ।

त्यसैगरी, यतिखेर, सत्तारुढ गठबन्धन स्थानीय तह निर्वाचन केन्द्रित भएर कानुन व्यवसायीसँग छलफल गरिरहेको छ ।

नेकपा एमाले वैशाखमै स्थानीय हुनुपर्ने पक्षमा छ भने गठबन्धनमा आबद्ध दलहरु निर्वाचन गर्ने वा नगर्ने भन्ने पक्षमा छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.