ऐन संशोधन गर्नुभन्दा पनि समयमै स्थानीय तहको चुनाव गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेका छन् । 

गठबन्धनभित्र स्थानीय तहको चुनाव सार्न ऐन संशोधनको तयारी भइरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो प्रस्ताव गरेका हुन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्न प्रस्ताव राखेका छन् । स्थानीय तहको समयावधि यही जेठ पाँच गते सकिँदै छ ।


तर सत्तारुढ पाँच दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.