काठमाडौं । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले सुनसरीको एउटा पानी उद्योग शिलबन्दी गरेको छ।
सरसफाइ सम्बन्धी न्यूनतम् मापदण्डसमेत पालना नगरेको भन्दै इनरुवा–२ स्थित जयप्रकाश जल उद्योगमा कार्यालयले शिलबन्दी गरेको हो।
कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुसार जेपी ब्रान्डका प्रशोधित पानी उत्पादन उद्योगले सरसफाईमा न्युनतम कुनै पनि मापदण्ड पुरा नगरेको र यस अघि पनि बेला बेलामा सुचना गर्दा पनि नियमको उल्लङ्घन गरेपछि कार्यलयले पानी संचालन उद्योगमा ताला लगाएको हो । हिजो सो उद्योगमा सिलबन्दी गरिएको थियो ।
यसैगरि इनरुवा–४ मा रहेको आर एन डिपार्टमेन्ट स्टोरलाई पनि कार्यलयले जरिवाना गरेको छ।
भन्सारबाट अबैद्य रुपमा ल्याएको समानहरुको विलबुक नदेखाएपछि कार्यलयले उपभोक्ता संरक्षण ऐन अनुसार १० हजार रुपैयाँ जरिवाना गरेको प्रमुख पोखरेलले बताए।
अर्को अनुगमन टोलीले धरान १७ मा रहेको सर्जिकल सप्लायर्सलाई पनि २० हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ।