बुवाले ट्याक्टर चलाउँदा दुई वर्षीया छोरीको मृत्यु

झापा । झापामा बाबुले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु भएको छ। झापाकाे कनकाई नगरपालिका-७ दुर्गापुरमा शनिबार दिउँसो बाबुले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु भएको हाे । 

मृत्यु हुनेमा सोही वडाका बालकृष्ण दुलालकी छोरी आरोषी दुलाल रहेकी छिन्।

घरमा पार्किङ गरेर राखेको मे१त ७५९ नम्बरको ट्याक्टर बालकृष्णले स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरोषी घाइते भएकी थिइन्।

घाइते उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.