अवैध लागूऔषध सहित एक महिला पक्राउ

सर्लाही । सर्लाहीमा अवैध लागूऔषध सहित एक महिला पक्राउ परेकि छन् । मलंगवा नगरपालिका-७ गणेशिया चोकबाट करिब २० केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका-२ बैकुण्ठ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । 

प्रदेश २-००१ ह १४०२ नम्बरको टेम्पुलाई अस्थाई प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पुमा सवार करिश्मालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

साथै टेम्पु चालकलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.